जिरह
ना. [फा. जिरह]
- कुनै मुद्दामामिलामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोर्याईतेहर्याई सोध्ने काम; कारकेर।
- कुनै मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन; जिक्री; जिकिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)