जिरा/जिरो
ना. [सं. जीरक]
- स्वादिष्ट बनाउनाका निम्ति तिहुन-तरकारी, अचार आदिमा हालिने र औषधीका रूपमा समेत प्रयोगमा आउने, ज्वानुका झैँ मसिना र लाम्चा दाना हुने एक प्रकारको सुगन्धी प्रसिद्ध मसला; जिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)