जीवाणु
ना. [सं.]
- सूक्ष्मदर्शक यन्त्रबाट मात्र देख्न सकिने तर सर्वत्र व्याप्त, हरितकणरहित साधारण कोषकेन्द्र मात्र हुने एककोषीय वा बहुकोषीय जीव; पछि बढेर स्थूल जीवनको रूप धारण गर्ने अति सूक्ष्म सजीव अणु।
- अनेक प्रकारका रोग उत्पन्न गर्ने जीवनशक्तियुक्त कीटाणु (ब्याक्टेरिया, भाइरस इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)