जुँगा
ना. [सं. जुङ्ग]
- लोग्नेमान्छे उमेरदार भएपछि माथिल्लो ओठ र नाकका बिचको भागमा उम्रने रौँको गुजुल्टे लहर; जुँघा; जुङा।
- धान, मकै, गहुँ आदिमा हुने रौँजस्तो लामो वस्तु।
- केही भाले अथवा पोथी पशुहरू (कुकुर, बिराला, बाघ, चितुवा इ.) का थुतुनामाथि उम्रने तिखा काँडे रौँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)