जुम्रा/जुम्रो
ना. [जम्रो< प्रा. चम्मइडो< सं. चर्म्मकीट]
- पसिना आदिले वा शरीरमा लगाउने लुगा आदिमा मयल जम्न गएमा जन्मने, शरीरको रगत चुसेर बाँच्ने एक जातको सानो किरो; जम्रो; सेतो जम्रो।
- कपालमा लाग्ने त्यस्तै तर भिन्न रङको किरो; कालो जम्रो।
- मान्छेको छालामा टाँसिएर बसेको हत्तपत्त नदेखिने एकदम सानो आकारको किर्नु; चमजुम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)