जुम्ला
ना.
- नेपालको उत्तरपश्चिम पहाडी भेगको कर्णाली अञ्चलमा पर्ने एक जिल्ला।
- हाल सम्पूर्ण कर्णाली अञ्चल समावेश भएको र सुगौली सन्धिपूर्व बद्रीकेदारलाईसम्म छुन पुगेको, बाइसी राज्यमध्येको एक राज्य।
- प्राचीन कालको जावेश्वर भूमि; जावेश्वर देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)