जुर्नु
अ.क्रि. [सं. जुट्+नु]
- चाहिएको वा काम लाग्ने कुनै कुरा कतैबाट अकस्मात् आइलाग्नु; प्राप्त हुनु; भेटिनु; जोरजाम हुनु; विनाप्रयास आइपर्नु।
- विवाहका लागि ज्योतिषशास्त्रअनुसार वरवधूको ग्रहनक्षत्र मिल्नु।
- कतै प्रस्थान गर्नका लागि वा कुनै शुभ कार्यका लागि साइत निस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)