जेलखाना

ना.

  1. कुनै व्यक्तिले अपराध गरेको छ भनी उजुर पर्न आए वा केही तथ्यहरूका आधारमा सरकारलाई त्यस्तो लागी मुद्दा चलाउनुपर्ने भएमा र अदालतमा चलेको त्यस प्रकारको मुद्दाको किनारा नलागुन्जेल कानुनअनुसार थुनामा राखी कारबाई गर्नुपर्ने भएमा वा अदालतको फैसलाअनुसार अपराध प्रमाणित भई कैदको सजाय तोकिएमा तोकिएको अवधिभरका लागि थुन्ने ठाउँ वा घर; जेल; झ्यालखान; कारागार; बन्दीगृह; खोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)