जो
सर्व. [प्रा. जो< सं. यः]
- वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सम्बन्धी सर्वनाम; जुन। (उदा.- जो आएको भए पनि तिमीलाई के खाँचो!)।
- वाक्यका दुवैपट्टिको सम्बन्ध देखाउने मानववाची सार्वनामिक विशेषण; जुन। (उदा.-जो लाउँछ चुक्ली उही जान्छ फुक्ली, जो होचो उसको मुखमा घोचो -उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)