जोड

ना. [सं. योग]

  1. गणितमा एकभन्दा बढी सङ्ख्यालाई जोड्ने काम।
  2. एकभन्दा बढी सङ्ख्यालाई जोड्दा वा जम्मा गर्दा निस्केको उत्तर; योगफल।
  3. दुई वस्तु मिलेको वा जोरिएको ठाउँ; जोर्नी; सन्धिस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)