जोड्नु
स.क्रि. [प्रा. जुट्+नु]
- भाँचिएको, छिनेको, फुटेको आदि वस्तुलाई रसाएर वा बाँधछाँद आदि गरेर मर्मत गर्नु।
- दुई अलग वस्तुलाई एउटैमा मिलाउनु; दुई वस्तुका बिचमा परस्पर सम्बन्ध कायम गराउनु।
- गणितमा एकभन्दा बढी सङ्ख्याको योग गर्नु; एकभन्दा बढी अलग-अलग सङ्ख्यालाई एउटैमा मिलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)