जोत्नु
स.क्रि. [जोत+नु]
- हलो, कोदालो, ट्याक्टर आदिले खेतबारीको माटो खोस्रिनु वा उधिन्नु; खेतबारीमा हलो, ट्याक्टर आदि लाउनु।
- गोरुका काँधमा जुवा राखेर जोताराले बाँध्नु; नार्नु।
- बग्गीमा घोडालाई कस्नु।
- कसैलाई काममा बेसरी लगाउनु; लदाउनु।
- कसैलाई घचेट्नु; ठेल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)