ज्ञान

ना. [सं.]

  1. मन वा आत्मालाई हुने कुनै विषयको बोध; लौकिक वा पारलौकिक विषयको जानकारी।
  2. शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध; तत्त्वज्ञान; आत्मसाक्षात्कार।
  3. ज्ञानेन्द्रियद्वारा प्राप्त अनुभव; बोध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)