झकझकाउनु
अ.क्रि.
- बिजुली, मैन्टोल आदिको चहकिलो प्रकाशले चारैतिर झिलिमिली हुनु; चमक फैलनु; झलझलाउनु।
- रातो, निलो, पहेँलो आदि विविध रङको प्रदर्शनले आकर्षक दृश्य पैदा हुनु।
- घचघच्याउनु।
- झिज्याउनु; कचकच गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)