झप्पा

ना. [झुप्पा]

  1. पुराणवाचक पण्डितले वा विवाहमा दुलहाले लगाउने पगरीको दायाँबायाँ शृङ्गारका लागि लट्काइने मणि वा फल आदिका लुर्का; झुप्पा।
  2. अधिकारीहरूले जङ्गी पोसाकका काँधमा जड्ने जरी, बत्तु आदिका झुप्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)