झुन्डिनु
अ.क्रि. [प्रा. झुल्ल+इ+नु]
- डोरी वा सिक्रीको भरमा भुईँ नछुने गरी अडिनु; उझन्डोमा बाँधिनु; लट्कनु।
- झोलिनु; लच्कनु।
- गलामा डोरीको पासो लाएर मर्नु।
- आशामा कुरेर बस्नु।
- कुनै काम अपूरो भई बाँकी रहनु; कुनै कार्य स्थगित भइरहनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)