झ्याउ

ना. [सं. झ्याबुक]

  1. ओसिलो वा चिसो भएर काठ, जमिन आदिमा जम्ने हरियो काई; लेउ।
  2. काठ, ढुङ्गा, पानी आदिमा उम्रने लहरे घाँस।
  3. धुपीका जस्ता पात हुने र बगरमा उम्रने एक किसिमको बोट।
  4. बिनसित्तिको लन्ठा; झ्याउलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)