टङ्कार

ना. [सं.]

  1. धनुको ताँदो खैँचेर छोड्दा निस्कने आवाज।
  2. तामा, काँस आदिका भाँडा एकअर्कामा ठोकिँदा आउने शब्द।
  3. टक्कर; दाँजो; बराबरी।
  4. प्रख्यात हुने कार्य; प्रसिद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)