टमाटर
ना. [अङ्. टोम्याटो]
- आलुको जस्तो बोटबाट जमिनमाथि फल्ने आलुकै आकारको फल; गोलभेँडा; ट्यामटर।
- भन्टाको जस्तो बोटमा गोलभेँडाको स्वादको डिम्बाको आकारको फल लाग्ने एक वनस्पति।
- त्यसै बोटमा फल्ने, गोलभेँडाको जस्तो स्वाद हुने र अचार बनाएर खाइने फल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)