टाँक्नु

स.क्रि.

  1. कपडामा टाँका लाउनु; लामा लामा फड्का पारेर सिउनु।
  2. रजिस्टरमा कुनै व्यक्ति वा वस्तुको नाम दर्ता गर्नु।
  3. नाउँनामेसी टिप्नु; नामाङ्कित गर्नु।
  4. धातु आदिमा बुट्टा, नाम आदि कुँद्नु वा खोप्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)