टाँड

ना. [सं. स्थाणु]

  1. चारै सुरमा खाँबा गाडेर वा भित्ता कपेर फल्याक, बाँसका चिर्पट आदि छापी सामान राख्न वा सुत्न बनाइएको मचान।
  2. मुर्दा बोक्ने खट; शवयान; अर्थी।
  3. मालसामानको चाङ लगाउँदा बिचबिचमा परेको छिद्र।
  4. दुई नदीका बिचको चुलिएको जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)