टालटुल

ना. [टाल् (द्वि.)]

  1. टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम।
  2. घरपर्खाल आदिको दुलो, धाँजो आदिमा मर्मत गर्ने काम; जीर्णोद्धार; स्थित्युद्धार।
  3. आलटाल गर्ने व्यवहार; अल्याङमल्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)