टिकट

ना. [अङ्.]

  1. बस, रेल, जहाज आदिमा यात्रा गर्दा दिइएको भाडाको प्रमाण जनाइएको कागतको टुक्रो।
  2. चलचित्र, प्रदर्शनी आदिमा छिर्नका लागि तिरेको प्रवेशदस्तुरको प्रमाणपत्र।
  3. हुलाकद्वारा चिठी पठाउँदा टाँसिने, सरकारी तवरमा निष्कासित चिह्नयुक्त सानो कागज; हुलाक टिकट; टिकस।
  4. दानदक्षिणा प्रदान गर्न बाँडिएको प्रामाणिक कागज; दानदक्षिणाको टिकट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)