टिकटिक
ना. [अ.मू. टिक्+अ (द्वि.)]
- घडी चल्दा त्यसबाट लगातार निस्कने शब्द।
- सानो वस्तुले कुनै कठोर चिजलाई ठोक्दा निस्कने आवाज।
- साना चरा, माउसुली, किथ्रा आदि कराउँदाको आवाज।
- त्यस प्रकारका कुनै आवाज उत्पन्न हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)