टिकोटालो

ना.

  1. यज्ञान्त वा धार्मिक उत्सव आदिमा टिको लगाउने काम।
  2. धार्मिक विधिअनुसार बिहेको कुरो छिन्ने कार्य; जनैसुपारी; वाग्दान।
  3. वाग्दानका दिन वरवधूलाई लगाइने टिको वा दिइने वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)