टुक्का

ना. [टुक्रो]

  1. कुनै कविता वा गीतको सानो अंश; पाउको अन्तिम भाग।
  2. कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास।
  3. अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश; मुहाबरा। (उदा.-कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)