टोक्नु

स.क्रि. [सं. त्रुट्+नु]

  1. साह्रो र चपाउनुपर्ने कुनै खानेकुरो दाँतले टुक्रा पार्नु; दाँतले च्यापेर फोर्नु।
  2. अरूलाई दुख्ने गरी शरीरका कुनै अङ्गमा दाँतले च्याप्नु; दाँतले चिथर्नु; दार्नु।
  3. डङ्क मार्नु; डस्नु।
  4. ग्रहगतिअनुसार नजिकका आफन्तलाई पिर्नु।
  5. कचकच गर्नु; टोकस्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)