ट्वाक्क

क्रि.वि. [अ.मू. ट्वाक्+क]

  1. तरकारी, अचार आदिमा अमिलो, पिरो आदि पुगेर स्वाद पर्ने गरी; त्यस्तो तरकारी, अचार खाएर जिभ्रो फड्कार्दै।
  2. सानोतिनो ढुङ्गा वा त्यस्तै वस्तुले हान्दा शब्द निस्केर।
  3. चराचुरुङ्गी आदिले ठुङ्ने किसिमले।
  4. एक्कासि भेट हुने गरी; ठिक्कसित मिलेर वा जोरिएर; ट्याक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)