ठकठक
ना. [अ.मू. ठक्+अ (द्वि.)]
- हलुका चालले काठ आदि साह्रो वस्तुमा ठोक्ता आउने शब्द; ठ्वाकठ्वाक।
- जाडाले काम्ने वा थरथराउने चाल; लुगलुग।
- त्यस्तो शब्द आउने गरी; थरथराउने चालसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)