ठाडो
वि. [प्रा. ठड्ढ]
- खडा भएको वा रहेको; उभिएको (रुख, मानिस, वस्तु इ.)।
- रुखो स्वभाव वा बानी भएको; ठर्रो।
- पिठ्युँले आड लिएर छाती देखिने गरी पल्टेको वा लेटेको; उत्ताने; चित परेको।
- नम्र नभएको; अविनीत।
- नियमानुसार नभई सोझै भएको (आदेश, कारबाई आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)