ठिउँरो

ना. [ठिङ्/ठेङ+उरो]

  1. सिन्धु र बेलुचिस्तानका माझको हिङ्गलाज प्रदेशमा पाइने, मल्लिँडोको जस्तो तर ठुलो हुने काँडावाल जङ्गली वृक्षको फल वा त्यसैको साह्रो बियाँ।
  2. केटाकेटीको रक्षार्थ बुटीका रूपमा घाँटीमा, हातमा वा खुट्टामा बाँधिने सोही फलका दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)