ठुङ्नु
स.क्रि. [ठुङ्+नु]
- चराका चुच्चाले घोपे झैँ गरी हान्नु; चराले टोक्नु; ठुँग्नु।
- सर्प, बिच्छी आदि विषालु जन्तुले डस्नु।
- बारबार बिझाउने गरी भन्नु; घोचपेच गर्नु; टोकस्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)