ठेक्का
ना.
- जग्गा कमाएबापत बर्सेनी मोहीले तल्सिङलाई बुझाउनुपर्ने अन्नबाली वा कुत।
- कुनै अड्डाखाना वा संस्थालाई नियमित समयमा निश्चित परिमाणमा दिइरहनुपर्ने कबुलअनुसारको खाद्य वस्तु वा चिजबिज।
- निश्चित दर वा रकममा निर्धारित समयभित्र पूरा गर्नुपर्ने कुनै निर्माणसम्बन्धी कामको कबुल।
- बोलकबोलअनुसार गरिने कुनै पनि कामको जिम्मा; ठेक; इजहारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)