ठेगान/ठेगाना

ना.

  1. घर वा डेरा गरेर बसेको कुनै निश्चित ठाउँ; थातथलो; पत्ता (उदा.- तपाईँको घरको ठेगाना टिपिदिनुहोस् है।)।
  2. कुनै कामकुराको टुङ्गो लाग्ने वा थिति बस्ने काम; निधो; थान्को। (उदा.- घरको झमेलाको बल्ल ठेगान लाग्यो)।
  3. कुनै काम वा कुराको बन्दोबस्त; प्रबन्ध। (उदा.- भाइहरूको पढ्ने ठेगान मिलाएर म घर आउँछु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)