ठोस्नु

स.क्रि. [ठोस+नु]

  1. आगो बाल्दा सिट्ठी झार्नका लागि अगुल्टो घोच्नु।
  2. उही कुरो बारम्बार भन्नु; घच्का लाउनु।
  3. कसैलाई मुखभरिको जवाफ दिनु; ठोस लाउनु।
  4. कुनै वस्तु भाँडो आदिमा कोच्नु; खाँद्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)