ठ्याँक
ना. [ठक्कर]
- कसैलाई घाँटी समातेर गरिने घोक्र्याइ वा मुन्ट्याइ; गलहत्ती।
- कुनै कामकुरामा कसैलाई बोल्न नसक्ने गरी दिइने ठक्कर वा जवाफ।
- डन्डीबियोको खेलमा डन्डीले बियोलाई टाढा हुत्त्याउने काम।
- खेल, कुस्ती आदिमा अरूको बल, तुजुक आदि झार्ने काम; हार; पराजय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)