डढ्नु

अ.क्रि. [सं. दग्ध+नु]

  1. कुनै वस्तु आगाले पोलिनु; खाक हुनु; खरानी हुनु।
  2. भुटेपकाएको वस्तु पानी मर्नाले र आँच धेरै हुनाले खहरिनु।
  3. पिर, चिन्ता, भनाइ आदिले चित्त पाक्नु वा दुख्नु; चिढिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)