डमरु
ना. [सं.]
- समातिने माझ भाग झिनो भएको, दुईपट्टि फराक मुखमा छालाले मोरेको र हल्लाउँदा दुई तुनामा झुन्डिएका गेडाले ठोकिएर बज्ने माटो, काठ वा धातुले बनेको बाजा; डिबडिबे। (डमरु जोगी, तमासे र चटकेहरूले बजाउनाका साथै पूजाआजा, चाडपर्वमा पूजाकोठा र मन्दिरमा तथा दसैँमा प्रायः घरैपिच्छे पनि बजाउने गरिन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)