ढल्नु
अ.क्रि. [प्रा. ढल+नु]
- ठडिएर रहेको कुनै वस्तु लड्नु; पछारिनु।
- उभिएको मानिस वा जीवजन्तु पल्टनु; सुत्नु; ढल्कनु।
- पराजित हुनु; हार्नु।
- पानी तलतिर बग्नु।
- कुनै समय, अवस्था आदि बित्नु।
- अन्तिम अवस्थामा पुग्नु वा मर्नु।
- पग्लेको धातु आदि साँचोअनुसार विभिन्न आकार र ढाँचामा बद्लिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)