ढाका

ना. [सं. ढक्क]

  1. कार्चोपी भरेको जस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपडा।
  2. बङ्गलादेशको राजधानी।
  3. तेह्रथुम, पाल्पातिर तानमा बुनिने विभिन्न रङ्गको प्रसिद्ध कपडा।
  4. ढाकाको कपडाबाट बनाइएको वा तयार पारिएको (ढाका टोपी, ढाका पछ्यौरा वा खास्टो, ढाका चोलो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)