ढाक्नु

स.क्रि. [सं. ढक्कन]

  1. कुनै वस्तु वा भाँडालाई ढकनी, रुमाल आदिले छोप्नु; बन्द गर्नु।
  2. कुनै ठाउँ, क्षेत्र आदि व्याप्त गर्नु वा फैलिनु।
  3. ठाउँ लिनु; ओगट्नु।
  4. कामकुरो भ्याउनु।
  5. कुनै कुरो वा चिज लुकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)