ढाल्नु
स.क्रि. [ढल्+नु]
- ठडिएको कुनै वस्तुलाई लडाउनु, ढलाउनु वा पल्टाउनु।
- युद्ध, प्रतिस्पर्धा आदिमा शत्रु वा विपक्षीलाई परास्त गर्नु; हराउनु।
- कसैको मनोभावनालाई कुनै निश्चित सिद्धान्त वा विचारमा परिणत गर्नु।
- धातु, सिमेन्ट आदि पगालेर वा घोलेर साँचोमा हाली विभिन्न किसिमका वस्तु बनाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)