ढिकी

ना.

  1. प्वाल पारेका दुइटा खाँबा गाडी त्यसका बिचमा आग्लो हाली अड्याएर तेर्स्याइएको छ फिटजति लामो र अगाडि (टाउका) पट्टि एक फिटजति वर मुस्ली जोडिएको तथा पछाडि (पुच्छर) पट्टि एक फिटजति छोडिएको भागमा उभिएर खुट्टाले थिचेर उचाल्दै, छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चारपाटे यन्त्रविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)