तड्पनु
अ.क्रि. [प्रा. तडफड+नु]
- अरूले लाएखाएको देखेर कल्पनु वा डाह उब्जनु।
- आफूले गरेका कामकुरामा चेतेपछि चुकचुकाउनु; पछुताउ गर्नु।
- शारीरिक वा मानसिक वेदनाले व्याकुल हुनु; छटपटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)