तद्धित
ना. [सं.]
- शब्द संरचनाका क्रममा नाम, विशेषण आदि शब्दमा लागेर विभिन्न अर्थ निस्कने अरू शब्द बनाउने प्रत्ययविशेष; कृत् र तद्धित प्रत्ययमध्ये दोस्रो भेद (घरबाट बन्ने घरेलु शब्दमा 'एलु', पानीबाट बन्ने पनेरो शब्दमा 'एरो', अग्लोबाट बन्ने अग्लाइ शब्दमा 'आइ' आदि तद्धित प्रत्यय हुन्।)।
- त्यसका निम्ति हितकारक वा उपयुक्त हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)