तप
ना. [सं.]
- कुनै अभिलषित सिद्धिप्राप्तिका निम्ति शरीर वा इन्द्रियलाई वशमा राखेर अटुट रूपमा चिन्तन मनन गर्ने प्रक्रिया; विषयवासनाबाट अलग भई चित्तशुद्धि पार्न गरिने कष्टकर धार्मिक नियम; तपस्या।
- पुराणअनुसार पृथ्वीमाथिका सात लोकमध्ये एक।
- माघ महिना।
- ताप; गर्मी; ग्रीष्म ऋृतु।
- ज्वरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)