तपाईं
सर्व. [सं. त्वम्]
- औपचारिक प्रसङ्गमा आफू भन्दा मान्य जनलाई 'तिमी' भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष, एकवचनको आदरार्थी शब्द। (उदा.- यस उपलक्ष्यमा तपाईंको उपस्थिति प्रार्थनीय छ। तपाईं घरबाट कहिले पाल्नुभो?)
- 'तँ' को सट्टा व्यङ्ग्यार्थमा प्रयुक्त हुने शब्द। (उदा.- हो, तपाईंकै गोडा मिचेर बस्नुपर्ला! )
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)