तर्क
ना. [सं.]
- कुनै कुरा कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा।
- अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य, प्रमाणसहितको बुँदा।
- अङ्कल; अनुमान; गौर।
- छलफल; बहस।
- वादविवाद; कल्पना; अन्दाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)