तर्कनु
अ.क्रि. [अ.मू. तर्+क+नु]
- कसैलाई देखेको नदेख्यै गरेर हिँड्नु; परपरै भएर वा छेउ लागेर हिँड्नु; पन्छनु।
- रिसाएर हिँड्नु; टेढिनु।
- छाता, कर्कलाको पात, भाँडो आदिको पानी सरक्क गुडेर वा बगेर तल झर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)