तल

ना. [सं.]

  1. कुनै वस्तु, ठाउँ आदिको तल्लोभाग; भुईंखण्ड; पिँध; फेद।
  2. हत्केलो वा पैतालो।
  3. पुराणमा वर्णित तलका सात लोकमध्ये एक।
  4. लिल्छविकालमा सम्म ठाउँमा आबाद भएका संयुक्त ग्रामलाई बुझाउने शब्द; ग्राम।
  5. वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच मात्रा वा पाँच अङ्गुल बराबरको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)